दफा ५३
संस्थानलाई सहयोग गर्नु पर्ने
गुठीको परम्पराबमोजिम चलाउनु पर्ने काम गुठीको चल अचल सम्पत्तिको संरक्षण गर्ने काम र संस्थानको घर जग्गा देवस्थल पाटी पौवामा संस्थानको स्वीकृति बेगर जबरजस्ती भोगचलन गर्नेलाई हटाउने जस्ता काममा स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका वा नगरपालिकालेसहयोग गर्नु पर्नेछ ।